काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा हराएका भनिएका प्रत्यक्षतर्फका मतपत्रहरू समानुपातिक मतपत्रको ढ्वाङमा फेला परेको पुष्टि भएको छ।

सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक ढ्वाङ खोल्दा भेटिएको स्वीकार्दै भने, ‘प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपत्रको ढ्वाङमा भेटिएका छन्।’

advertisement

तर, ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मत परिणाम घोषणा भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल पाँच मतले पछि पार्दै निर्वाचित भएका हुन्।

कांग्रेस उम्मेदवार लुइँटेलले मतपत्र फेला परेपछि पुनः गणना गर्न निवेदन दिएको भए पनि सहायक अधिकृत पाण्डेले यसअघि भएको सर्वदलीय मुचुल्का र निर्वाचन निर्देशिका अनुसार भेटिएका मतपत्रहरू बदर गरेर गणना अगाडि बढाइएको स्पष्ट पारे। लुइँटेलले भने, ‘मतगणना सुरु गर्नुअघि सर्वदलीय मुचुल्कामा सहमति भएको थियो कि प्रत्यक्षतर्फका मतपत्र समानुपातिक मतपत्रको ढ्वाङमा भेटिएमा बदर गरिनेछ। त्यसैले ती मतपत्र बदर भइसकेका छन्।’

सहायक अधिकृत पाण्डेले पनि सर्वदलीय सहमतिका आधारमा गणना र मत परिणाम घोषणा भएको पुष्टि गरे। उनले भने, ‘भेटिएका मतपत्र बदर गरेपछि समानुपातिकतर्फको गणना नियमित रूपमा अगाडि बढेको छ।’

मत परिणाम घोषणाअघि केही मतपत्रहरूको संख्या फरक देखिएको र लुइँटेलले मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको भए पनि सर्वदलीय सहमतिको कारण गणना र परिणाममा कुनै असर परेको छैन।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com