काठमाडौँ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन संवाद गर्दै बधाई दिएका छन्।
भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग आत्मीय टेलिफोन संवाद भएको बताएका हुन्।
मोदीले नेपालमा सम्पन्न निर्वाचनमा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताप्रति बधाई दिँदै आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, उनले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको साझा समृद्धि, प्रगति र जनकल्याणका लागि काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले भारत–नेपाल सम्बन्ध ऐतिहासिक र बहुआयामिक रहेको उल्लेख गर्दै दुवै देशको संयुक्त प्रयासले आगामी वर्षहरूमा द्विपक्षीय सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया