काठमाडौं । नेपाली कांग्रेस बझाङले त्यहाँबाट सांसद निर्वाचित एमाले नेता ऐन महरका बुवालाई पार्टीको साधारण सदस्य समेर नरहने गरी निष्काशन गरेको छ । कांग्रेसले पार्टीभित्रको अनुशासन उल्लंघन र चुनावी अन्तर्घातको विषयलाई लिएर कारवाही गरेको हो ।
कांग्रेसले ऐन महरका बुवा राम बहादुर महरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । छोरा एमालेमा आबद्ध भएर पार्टीको विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष र प्रतिनिधि सभाको उम्मेदवार भइसक्दा समेत बुवा भने अहिलेसम्म कांग्रेसकै सदस्य थिए ।
एमाले नेता तथा बझाङबाट हालै सम्पन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार ऐन महरका बुवा राम बहादुर महर लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए । उनी नेपाल किसान संघ बझाङका पूर्व जिल्ला सभापति समेत हुन् ।
तर, हालैको निर्वाचनमा आफ्नै छोरा ऐन महर (एमाले उम्मेदवार) लाई सघाएको र कांग्रेसका आधिकारिक उम्मेदवार प्रकाश रसाईली ‘स्नेही’ विरुद्ध गतिविधि गरेको प्रमाण भेटिएको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको हो । जिल्ला अनुशासन समिति बझाङका अनुसार, महरले पार्टीको विधान र आचरण विपरीत विपक्षी दलको पक्षमा भोट मागेका थिए ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया