काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका छन्।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो। बाँकी रहेको कैद सजाय पूरा गरेपछि उनी बुधबार कारागारमुक्त भएका हुन्।
वि.सं. २०६१ वैशाख ३१ गते काठमाडौँको महाराजगन्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोपमा अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
सोही मुद्दामा भुक्तान गर्न बाँकी रहेको १ वर्ष ४ महिना कैद सजाय पूरा गरेपछि उनी कारागारबाट छुटेका हुन्।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया