काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए ।
कास्की ईन्चार्ज कृष्ण थापा को शव मणिपाल अस्पतालमा राखिएको छ । जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएकाे छ।
गत फागुन २१ मा भएकाे प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकाेमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
यो पनि:
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया