काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश जारी गरेको छ।

साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीमा राखिएको नाम हटाउन अन्तरिम आदेश दिएको हो।

advertisement

यसअघि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साहले उक्त निर्णयविरुद्ध कर्जा सूचना केन्द्रलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएसँगै किशोरी साह को उम्मेदवारी कायम रहने बाटो खुलेको छ।

यो पनि

किशोरी साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइल झिकाउने आदेश

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com