काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपा ले खुलाएको छैन ।
निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै समानुपातिकतर्फबाट सांसद नाम सार्वजनिक हुने प्रवक्ता झाको भनाइ छ ।
यो पनि:
बालेनलाई दलको नेता बनाउन रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया