काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका अनुसार अभिमुखीकरण कार्यक्रम मंगलबार बिहान १० बजेदेखि रोयल टुलिप होटल ग्वार्को मा सुरु हुनेछ र बुधबारसम्म सञ्चालन हुनेछ। कार्यक्रम आवासीय प्रकृतिको हुने र त्यसका लागि विशेष व्यवस्थासमेत गरिएको रास्वपाले जनाएको छ।

advertisement

राष्ट्रिय स्वतन्त्र  पार्टी ले कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि आचारसंहितासमेत जारी गरेको छ। कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ भने कार्यक्रममा बाह्य व्यक्तिको प्रवेशसमेत रोक लगाइएको छ।

रास्वपाका अनुसार सहभागी सांसदहरूले होटल परिसरमा परिवारका सदस्य, साथीभाइ वा अन्य अतिथिलाई निमन्त्रणा गर्न नपाइने व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई छाडेपछि मात्र सवारीसाधन होटल परिसर वा बाहिर पार्क गर्न सकिनेछ। साथै चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसदकै जिम्मेवारीमा रहने जनाइएको छ।

यसैगरी कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट गर्ने, फोटो खिच्ने वा छुट्टै बैठक राख्ने जस्ता गतिविधि नगर्न पनि निर्देशन दिइएको छ। कार्यक्रममा सहभागी सांसदहरूले ‘बिजनेस क्याजुअल’ पोशाक लगाउनुपर्ने प्रावधानसमेत राखिएको छ।

कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएका छन्।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com