काठमाडौं । आमचुनावमा जित हारको फैशला हुन बाँकी छँदै सत्तारुढ नेपाली कांग्रेसभित्र प्रधानमन्त्री पदको किचलो शुरु भएको छ।

पार्टीका महामन्त्री गगनकुमार थापाले अवको चुनावपछि आफू प्रधानमन्त्री बन्ने र संसदीय दलमा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिने बताएपछि देउवा क्याम्प महामन्त्री थापाको भनाइ अर्थहीन भएको भन्दै आक्रोशित भएको छ।

उनै थापासँग महामन्त्रीमा पराजित भएका तर पार्टी सभापतिबाट पार्टीको प्रबक्ता पदमा नियुक्त गरिएका नेता प्रकाशशरण महतले त पार्टी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा गगन थापाको दावीलाई खिल्ली उडाए। महतले स्पष्ट भाषामा भने, देउवाबाहेक अरुले भावी प्रधानमन्त्री पदमा दावी गर्नु प्रचारमात्र हो। उनले आगामी चुनावपछिको प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको किटान पनि गरे।

देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले पनि सार्वजानिकरुपमै संचारमाध्यमहरुमा देउवा नै भावी प्रधानमन्त्री हुने घोषणा गरेका छन्। अरुको दावीलाई उनले त गगन थापाको सम्भावना नै नभएको पनि बताएका छन्। उता, नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अबको चुनावपछि गगन थापा प्रधानमन्त्री बन्ने र आफूले थापालाई नै सो पदका लागि सघाउने सार्वजानिक गरिसकेका छन्।

कांग्रेसभित्रका गुटका नेताहरु यसरी चुनावअघि नै को प्रधानमन्त्री बन्ने र को बन्न असम्भव हुने भन्ने धारणा राख्दै मुख लाग्न थालेको घटनाले चुनावपछि पुन अस्थिरताको शंका बढाएको छ। प्रधानमन्त्री पदमा हुने वार्गेनिङले फेरि राजनीति तरंगित हुने र त्यसको तुसले मुलुकलाई अस्थिर बनाउन सक्ने छ।

अहिले चुनाव जितिहालौं, हाम्रो क्षेत्रको हामीले भोट दिएको व्यक्ति प्रधानमन्त्री बन्दै छ भनेर जनतलाई ढाँट्नका लागि मात्र अहिले प्रधानमन्त्री पदमा गगन दावी गरेका हुन् भने उनको राजनीतिक जीवनमा यो झूठ भारी पर्न सक्छ। होइन उनी साँच्चै भावी प्रधानमन्त्रीको दौडमा इमान्दार छन् भने उनलाई उनकै पार्टी सभापति देउवा र सो पक्षीय नेताहरुले हराउने जोडदार प्रयत्न गर्न सक्नेछन्।

जनतलाई भन्ने कुरा न हो चुनावपछि कसकस्को समीकरण बन्छ, चुनावी परिणाम नै के आउँछ त्यो थाहा छैन भन्ने अवसरवादी टिप्पणीहरु माओवादीका नेता कार्यकर्ताको मुखबाट सार्वजानिक भइरहेका बेला दाहालले पौडेललाई पनि प्रधानमन्त्रीका रुपमा सार्वजानिक सभामा उचालेर हिँडेका छन्।

उता, कांग्रेसभित्रको यही किचलोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि खेल्ने मौका पाएका छन्। कात्तिक २८ गते तनहुं पुगेर उनले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्ने दावी गरिदिएर हिँडका छन्।

पौडेलका लागि भोट माग्न आयोजित आमसभामा दाहालले पौडेलले जिते मुलुकको भावी प्रधानमन्त्री पौडल बन्न सक्ने बताएका थिए। जनतलाई भन्ने कुरा न हो चुनावपछि कसकस्को समीकरण बन्छ, चुनावी परिणाम नै के आउँछ त्यो थाहा छैन भन्ने अवसरवादी टिप्पणीहरु माओवादीका नेता कार्यकर्ताको मुखबाट सार्वजानिक भइरहेका बेला दाहालले पौडेललाई पनि प्रधानमन्त्रीका रुपमा सार्वजानिक सभामा उचालेर हिँडेका छन्।

दाहालले पनि जनतालाई सिधै ढाँटेका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सार्वजानिक गरेअनुसार आगामी निर्वाचनपछि गठबन्धनका तर्फबाट शुरुको आधा कार्यकाल शेरबहादुर देउवा प्रधानमन्त्री हुने र बाँकी कार्यकाल पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने आन्तरिक सहमति छ। यस्तो सहमति हुँदा हुँदै रामचन्द्र पौडेललाई प्रधानमन्त्री भन्दै प्रचण्डले प्रचार गरिरहेका छन्।

 

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com