सुर्खेत। जबरजस्तीकरणी को आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले स्थानीय ५३ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बालिका साथीलाई भेट्न उनको घरमा गएकी थिइन्। सोही क्रममा साथीका बुवाले जबरजस्ती करणी गरेको भन्दै बालिकाले उजुरी दिएकी हुन्।

advertisement

घटनापछि बालिकाको महिनावारी रोकिन थालेपछि परिवारलाई शंका लागेको थियो। सोधीखोजी गर्दा बालिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन्। त्यसपछि घटना प्रहरीसम्म पुगेको हो।

उजुरीअनुसार गत माघ १३ गते राति र १४ गते बिहान उक्त व्यक्तिले बालिकामाथि जबरजस्ती करणी गरी कसैलाई नबताउन धम्की दिएको उल्लेख छ। साथै घटनापछि बालिकालाई केही रकमसमेत दिएको आरोप लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पीडितको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ। प्रहरीले घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com