काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने कुनै पनि प्रयास नगर्न भावी सरकारलाई चेतावनी दिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित नेविसंघको सिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्न खोजे त्यसको गम्भीर परिणाम हुने बताएका छन्।
उनले नेविसंघले लोकतान्त्रिक अभ्यास र अभिव्यक्तिको स्वतन्त्रतालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विभिन्न सार्वजनिक व्यक्तित्वहरूले आफ्नो विचार व्यक्त गर्ने अवसर पनि यही वातावरणले सिर्जना गरेको दाबी गरे।
शेर्पाले विद्यार्थी अधिकारको पक्षमा आवाज उठाउने संगठनका रूपमा नेविसंघलाई सर्वोच्च अदालतले समेत मान्यता दिएको उल्लेख गर्दै यसलाई कमजोर बनाउने प्रयास ‘आगोको गोलामा हात हाल्नुजस्तै’ हुने चेतावनी दिए।
यसै क्रममा उनले नेपाली कांग्रेसभित्रको गुटगत स्वार्थ र आन्तरिक असमझदारीका कारण हालैको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको पनि बताएका छन्।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया