काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र यतिबेला सभामुख चयनको विषय प्रमुख एजेन्डाका रूपमा अघि बढेको छ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरू सम्भावित उम्मेदवारबारे आन्तरिक छलफलमा जुटेका छन्।

advertisement

पार्टी स्रोतका अनुसार चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित सोविता गौतम लाई सभामुख बनाउने विषयमा गम्भीर रूपमा विचार भइरहेको छ। साथै अन्य सम्भावित नामहरूबारे पनि छलफल जारी रहे पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको एक नेताले बताएका छन्।

सभामुखको दावेदारका रूपमा उपसभापति अर्यालसहित दीपक बोहोरा र सहप्रवक्ता प्रतिभा रावल को नाम चर्चामा आएको छ। त्यस्तै, पूर्वउपसभामुख इन्दिरा रानामगर लाई मन्त्री बनाउने विषयमा पनि आन्तरिक बहस भइरहेको बताइएको छ।

यससँगै मन्त्रिपरिषद् गठनका लागि प्रारम्भिक सूची तयार पार्ने कामसमेत अघि बढाइएको छ। स्रोतका अनुसार डा. वाग्लेलाई अर्थमन्त्री र शिशिर खनाल लाई परराष्ट्रमन्त्री बनाउने तयारी भइरहेको छ, यद्यपि यसमा अन्तिम सहमति हुन बाँकी छ। भोलि बेलुकासम्म मन्त्रिपरिषद्को टुंगो लगाउने र एकैचरणमा सरकार गठन गर्ने तयारी रहेको जनाइएको छ।

यसैबीच रास्वपाले बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गर्न भोलि अपराह्न ४ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। नवनिर्वाचित सांसदहरूले भने भोलि बिहान शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com