काठमाडौँ । चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहणको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।
चीन सरकारले जारी गरेको औपचारिक सन्देशमा प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्य अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ। सन्देशमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्ने चीनको इच्छालाई पनि उल्लेख गरिएको छ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया