काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीसँग उच्चस्तरीय बैठक बस्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने उक्त बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको कार्यक्षेत्र, कार्यक्रम कार्यान्वयनको अवस्था तथा बजेट व्यवस्थापनबारे विस्तृत छलफल हुने जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा संस्थाहरूले कामका क्रममा सामना गरिरहेका चुनौती, सुधारका सम्भावना र नीतिगत सुझावहरूबारे समेत गम्भीर समीक्षा गरिनेछ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया