काठमाडौं । नेकपा (एमाले) ले जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति कडा असहमति जनाएको छ। पार्टीले उक्त प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णय दुवै तत्काल खारेज गर्न माग गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्की आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ र मन्त्रिपरिषद्को निर्णयलाई ‘प्रतिशोधपूर्ण’ भन्दै तीव्र आलोचना गरेका छन्।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले आजै आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कानुनी कारबाहीको सम्भावना देखिएपछि एमालेले औपचारिक रूपमा विरोध जनाएको हो।
महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, “कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !”
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया