काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका पूर्वमन्त्री दीपक खड्का लाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
विभागले अदालतबाट ७ दिनको म्याद लिएर खड्कालाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो ।
गएराति साढे १२ बजेतिर बान्ता हुन थालेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो ।
अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको विभागका एक अधिकृतले बताएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । विभागले पूर्वमन्त्री दीपक खड्का लाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको थियो ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया