काठमाडौं। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कैलालीबाट कुल २५ जना लाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ सिमलटार बस्ने ५२ वर्षीय मैते तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा मैते तामाङसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५०० रुपैयाँ, ८ बुक तास र २८ थान कौडासहित नियन्त्रणमा लिएको छ ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने पाल्पा घर भएकी ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टेक कुमारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई नगद २० हजार १४० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका सबै २५ जना व्यक्तिमाथि जुवातास सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया