काठमाडौं । पूर्वगृहमन्त्री तथा रमेश लेखक हिरासतबाट रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाउँदै मुक्त गरिएको हो।
जेनजी आन्दोलनसँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लेखक १३ दिनपछि हिरासतबाट बाहिरिएका हुन्।
गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही प्रकरणमा हिरासतबाट रिहा भइसकेका छन्।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया