काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेमा सोमबार पित्तथैलीको शल्यक्रिया (अप्रेसन) गर्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. सुवास आचार्यले शुक्रबारसम्म गरिएका सबै स्वास्थ्य परीक्षणको रिपोर्ट नर्मल देखिएकाले सोमबार शल्यक्रिया गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

advertisement

डा. आचार्यले भने, “रिपोर्टहरू नर्मल रहेका छन् । तर यो बीचमा कुनै उत्तारचढाव भएन भने सोमबार पित्तथैलीको शल्यक्रिया को तयारी भएको छ ।”

ओली गत चैत १४ गते जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसअनुसार पक्राउ परेका थिए । पक्राउपछि उनलाई स्वास्थ्य समस्या देखिएकाले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

चैत २६ गते सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिए पनि ओली अझै अस्पतालमै उपचाररत छन् ।

अस्पताल स्रोतका अनुसार ओलीको पित्तथैलीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । स्वास्थ्यमा कुनै जटिलता नदेखिए सोमबार अप्रेसन गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com