काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग महत्वपूर्ण परामर्श सुरु गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफलमा संसदीय गतिविधि र आगामी निर्णयहरूबारे विचारविमर्श भइरहेको छ।
छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू सहभागी छन्। बैठक मुख्यतः संसदीय समितिका सभापति चयनलगायत विषयमा केन्द्रित रहेको जनाइएको छ।
आज संसदीय समितिका सभापति पदका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ। त्यसपछि साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम छ।
संघीय संसदअन्तर्गत हाल १६ वटा संसदीय समिति क्रियाशील छन्। तीमध्ये १० वटा प्रतिनिधिसभाअन्तर्गत, ४ वटा राष्ट्रिय सभाअन्तर्गत र २ वटा संयुक्त समिति रहेका छन्।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया