काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन्।

सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए।

advertisement

उनले भने, ‘एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न सक्दैन्। एउटा चुनावको हार जितले कुनैपनि पार्टी रहन्छकि रहदैन् भन्ने निर्धारण गर्न सक्दैन्। अहिले प्राविधिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव नजिते पनि राजनीतिक रुपमा राप्रपाले यो पटकको चुनाव जितेको छ।’

त्यस्तै उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएकोबारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे।

उनले भने, ‘अहिले प्रारम्भमा नै जुन किसिमका समाचारहरु बाहिर आइरहेका छन्। त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा प्रष्ट पार्नुपर्छ। गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ। पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ।’

सामाजिक सञ्जालमा सरकारले २४ घण्टामा लाइसेन्स दिन थाल्यो भनेर प्रचार भएपनि व्यवहारमा त्यो लागू नभएको भन्दै देश स्टन्टबाजीले भन्दापनि परिणामले चल्ने बेला आएको धारणा राखे।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com