काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हानेर मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बझाङ जिल्लाको थलरा गाउँपालिका–४ घर भएका २० वर्षीय साजन विष्ट (सानु भाइ) लाई सोमबार पक्राउ गरेको हो ।

advertisement

प्रहरीका अनुसार विष्टले ‘सानु भाइ’ नामको फेसबुक अकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै पोस्ट गरेका थिए ।

सोही पोस्टमा माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए ।

उनले काठमाडौंमा एके–४७ जस्ता अत्याधुनिक हतियार भित्रिसकेको र आफ्नो टिमले जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै त्रास फैलाउने भिडियो पनि सार्वजनिक गरेका थिए ।

साजन विष्ट विगतमा भारतको बैंगलोरमा बसोबास गर्दै थिए ।

उनी त्यहाँको एमजी रोडस्थित एक फेन्सी स्टोरमा काम गर्थे ।

प्रहरीका अनुसार भारतमा रहँदा पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको बुझिएको छ ।

पक्राउ परेका विष्टलाई वैशाख ५ गते काठमाडौंको सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोमबार यो जानकारी दिएका छन् ।

यो घटनाले सामाजिक सञ्जालबाट उच्च पदाधिकारीहरूलाई लक्षित गरी धम्की दिने प्रवृत्ति बढेको देखाएको छ ।

प्रहरीले यस्ता गतिविधिप्रति कडा निगरानी बढाएको बताएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com