काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले महेश गिरीलाई पक्राउ गरेको छ। भक्तपुर निवासी गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गिरीले फेसबुक प्रयोग गरी एक महिलाविरुद्ध अपमानजनक सामग्री प्रकाशित गर्दै चरित्रहत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

advertisement

बलात्कार पीडित शोभा पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो फोटो दुरुपयोग गरी चरित्रहत्या गर्ने र धम्की दिने व्यक्तिका रूपमा गिरीलाई पक्राउ गरिएको उल्लेख गरेकी छन्। उनले आफूलाई हैरानी दिने अन्य व्यक्तिहरूविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाउने बताएकी छन्।

प्रहरीले पक्राउ परेका गिरीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। एसपी गिरीका अनुसार बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिनेछ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com