काठमाडौं । म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल राखेर बिक्री गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–१ का विजेन्द्र साह र पर्सा बिन्दवासिनी गाउँपालिका–२ का अखिलेस प्रसाद कलवार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका, मिति उल्लेख नभएका तथा नयाँ मिति र लेबल राखिएका खाद्य सामग्री बिक्री भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया