काठमाडौं । स्थानीय बजारमा आइतबार  सुनको मूल्य दुई हजार ७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम भएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो ।

advertisement

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा काराेबार भइरहेको  छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com