काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान नभत्काइने स्पष्ट गरेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मैदान खाली गराउने उद्देश्य नभई केवल लिज सम्झौता नवीकरण गर्नुपर्ने अवस्था रहेको बताएका हुन्।
मन्त्री पोखरेलका अनुसार त्रिविका उपकुलपतिसहितका पदाधिकारीसँग बिहानै भएको छलफलमा पनि यही विषयमा सहमति भएको छ।
उनले भने, “खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ, मैदान भत्किँदैन।”
उनले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीच पुनः भाडा सम्झौता हुने पनि जानकारी दिए।
सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान अघि बढाइरहेका बेला त्रिविले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो।
तर पछिल्लो निर्णयसँगै मैदानको व्यवस्थापन पुनः सम्झौतामार्फत अगाडि बढ्ने भएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया