काठमाडौं। सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनसम्बन्धी गृहकार्यलाई तीव्रता दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल गरेको छ।
कार्यदलले हिजो संविधानविद्हरूसँग पनि छलफल गरेको थियो।
मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णयअनुसार परामर्श प्रक्रिया अघि बढाएको हो।
कार्यदलले सरोकारवालासँग भएका छलफलबाट संकलित सुझावका आधारमा संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया