काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पामा गत बिहीबार भएको सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

घटनाको दुई दिनपछि पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

advertisement

विज्ञप्तिमा २०८३ साल वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

रास्वपाले एकैपटक ठूलो मानवीय क्षति भएको उक्त घटना अत्यन्त पीडादायी भएको उल्लेख गर्दै यसले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको जनाएको छ। साथै, विकट भूगोल र चुनौतीपूर्ण परिस्थितिका बीच उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय र उद्धारकर्मीहरूको साहस, समर्पण र मानवीयताको उच्च प्रशंसा गरिएको छ।

विज्ञप्तिमा यस्ता दुर्घटनाहरू केवल तथ्यांकमा सीमित विषय नभई नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै यस्ता घटनाले परिवार र समुदायमा दीर्घकालीन पीडा छोड्नेप्रति पार्टी गम्भीर रहेको जनाएको छ।

आगामी दिनमा यस्ता दुर्घटनाको पुनरावृत्ति हुन नदिन सडक सुरक्षा सुदृढीकरण, सवारी अनुशासनको कडाइका साथ कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता पनि रास्वपाले व्यक्त गरेको छ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com