काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने प्रक्रियालाई अघि बढाउँदै पुनः राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यसअघि आइतबार राष्ट्रपतिले सोही अध्यादेश पुनर्विचारका लागि सरकारमै फिर्ता पठाएका थिए।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया