काठमाडौं ।  हर्कराज राई (हर्क साम्पाङ) ले सरकारले प्राथमिकता गलत ढंगले निर्धारण गरेको आरोप लगाएका छन्।

मंगलबार सार्वजनिक खुला पत्रमार्फत उनले सुकुम्वासी बस्ती हटाउन प्रयोग भइरहेको डोजरलाई विपद्ग्रस्त क्षेत्रमा परिचालन गर्नुपर्ने उल्लेख गर्दै रोशी खोला क्षेत्रमा बाटो खुलाउन ढिलाइ गरिएकोप्रति प्रश्न उठाएका हुन्।

advertisement

रोशी गाउँपालिका–९ घुम्ने क्षेत्रमा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा ८९ जना यात्रुहरू जोखिममा परेका थिए, जसलाई उद्धार गरिएको छ। यद्यपि, उक्त क्षेत्रमा हालसम्म सडक सञ्चालनमा आउन सकेको छैन।

साम्पाङले विपद्का बेला स्रोतसाधनको उचित परिचालन हुनुपर्नेमा जोड दिँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

यस्तै, उनले लिपुलेक क्षेत्रको सीमा विवादतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्। भारत र चीनले उक्त क्षेत्रमा सडक निर्माण अघि बढाएको सन्दर्भ उल्लेख गर्दै नेपालले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

उनले सीमा सुरक्षाका लागि नेपाली सेना परिचालन गर्नुपर्ने माग समेत दोहोर्‍याएका छन्।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com