काठमाडौं। नेपाली फिल्म लालीबजार सम्बन्धी मुद्दाको सुनुवाइ बुधबारका लागि तोकिएको छ।

उच्च अदालत पाटन का न्यायाधीश गीता प्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत फिल्मको सेन्सर कपी पेश गर्न आदेश दिएको हो।

advertisement

मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि वैशाख १५ गते जारी गरिएको प्रदर्शन रोक्ने आदेशबारे छलफल गर्दै सक्कल कपी मगाउने निर्णय गरेको थियो।

सोही आधारमा बुधबार थप बहस हुने तय भएको हो।

निर्देशक यम थापा को निर्देशनमा बनेको उक्त फिल्म वैशाख १८ देखि प्रदर्शनमा आउने तयारीमा थियो। तर अदालतको अन्तरिम आदेशपछि प्रदर्शन रोकिएको छ।

बुधबार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्म प्रदर्शनको अनुमति दिने वा नदिने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

आमा र छोरीको सम्बन्धमा आधारित फिल्म ‘लालीबजार’ ले कुनै समुदाय विशेषको भावना आहत नपार्ने दाबी निर्माण पक्षले गर्दै आएको छ।

यसअघि आयोजित पत्रकार सम्मेलनमा बादी अभियन्ताहरूले फिल्मको कथावस्तुको प्रशंसा गरेका थिए।

फिल्म निर्माण कम्पनी षट्कोण आट्र्स ले यसअघि जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।

यस फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदी ले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन्।

पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार पारेका हुन्।

अब बुधबारको सुनुवाइले ‘लालीबजार’ को भविष्य तय गर्नेछ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com