काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकार मा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

advertisement

जगदीशप्रसाद अग्रवाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीनसमेत हुन्।

उनले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्य व्यवस्थापन तथा चिकित्सा शिक्षासम्बन्धी सुधारका विषयमा प्रधानमन्त्रीलाई परामर्श दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका अग्रवालको नियुक्तिले सरकारलाई प्राविधिक रूपमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनले अवैतनिक रूपमा आफ्नो ज्ञान, अनुभव र समय राज्यको सेवामा समर्पित गर्नेछन्।

सार्वजनिक स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकालमा यस नियुक्तिलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com