काठमाडौं । सपना प्रधान मल्ल ले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएकी छन् ।

कानुन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरिन् ।

advertisement

डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुईतिहाइको सरकारको डर होस् वा महाअभियोगको,” उनले भनिन्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु ।

उनले न्यायपालिकालाई ‘आज्ञाकारी’ वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् । साथै शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराइन् ।

सर्वोच्च अदालत की कायममुकायम प्रधानन्यायाधीश मल्लले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध सबै सरोकारवाला दृढतापूर्वक उभिनुपर्ने बताइन् ।

“एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, उनले भनिन्, “विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com