काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद आशिका तामाङ ले पार्टीको सांसद प्रशिक्षण कार्यक्रमलाई लिएर प्रश्न उठाएकी छन् ।
पार्टीले प्रशिक्षण कार्यक्रम महँगा होटल तथा बाहिरी सभा हलमा आयोजना गरेको भन्दै उनले खर्च व्यवस्थापनबारे सार्वजनिक रूपमा चासो व्यक्त गरेकी हुन् ।
कसैसँग हल सापटी लिएर कार्यक्रम गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला । सिंहदरबार मा सभाहल छन् । बाहिरको खर्चको लेखाजोखा कसले गर्ने ? उनले प्रश्न गरिन् ।
आशिका तामाङ ले सांसदहरूको सुरक्षाको बहानामा महँगा हल प्रयोग गर्नु उचित नहुने उनको तर्क थियो । “सांसदहरूलाई एक दिन मात्रै चाहिने हो सुरक्षा ? अरू दिन पर्दैन ?” उनले भनिन् ।
परिवर्तनको पक्षमा रहेको पार्टीले फजुल खर्च रोक्न नसके पुराना दल र रास्वपाबीच कुनै फरक नदेखिने उनको भनाइ छ । फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने देखिएन भने नयाँ र पुरानामा के फरक ? उनले प्रश्न गरिन् ।
रास्वपाले स्टाफ कलेज मा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । यसअघि पनि ललितपुर का भव्य होटलमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दा पार्टी आलोचित बनेको थियो ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार













प्रतिक्रिया