काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले घण्टीमा भोट हालन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा सनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सो टिप्पणी गरेका हुन्। ‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन कुन घर फकिन्छस् ?,’ उनले भने ।

advertisement

उनले केपी ओलीले जस्तै प्रधानमन्त्री बालेनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको भन्दै शक्ति भनेको जनता भन्ने नभुल्न चेतावनी दिए । सरकारले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर न्यायालयमाथि पनि हस्तक्षेप गरेको उनको आरोप छ ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com