काठमाडाैं । काठमाडौँको गोठाटार स्थित नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीका अनुसार शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको हो ।

आज बिहान पूजा गर्न पुगेका पुजारीले भेटीको बाकस गायब भएको देखेपछि खोजी गरिएको तर फेला नपरेको उनले बताए । महाशिवरात्रिपछि बाकस नखोलिएकाले त्यसमा करिब ८ देखि १० लाख रुपैयाँसम्म रहेको अनुमान गरिएको छ ।

advertisement

महादेव मन्दिरमा चोरी र मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट जेनजी आन्दोलनपछि गत भदौमा हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको जनाएको छ ।

उक्त मन्दिर पहिले गौचरण क्षेत्रमा रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा मन्दिरलाई गोठाटारमा स्थानान्तरण गरिएको हो ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com