काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ वटा मोटरसाइकल प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा फेला परेका मोटरसाइकलहरू सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

advertisement

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार विशेष खोज अभियान सञ्चालन गरेर उपत्यकाका विभिन्न स्थानबाट ती सवारी साधन बरामद गरिएको हो ।

उनले सवारी साधन चोरीका घटना न्यूनीकरण गर्न अतिरिक्त सुरक्षा प्रणाली तथा लकिङ प्रविधि प्रयोग गर्न आवश्यक रहेको बताए ।

उनका अनुसार वैशाख महिनामा मात्रै हराएका ६५ वटा मोटरसाइकल खोजी गरी धनीलाई बुझाइएको छ ।

कतिपय सवारी साधन विशेष अनुसन्धान र खोजतलासपछि फेला पारिएको उनले जानकारी दिए ।

प्रहरीले सवारी साधन हराएमा तत्काल प्रहरीलाई जानकारी गराउन तथा पार्किङ गर्दा आवश्यक सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com