काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा रहेको बताएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले राजनीतिक यात्रालाई ठूलो सपना र परिवर्तनको अभियानका रूपमा अघि सारेको उल्लेख गरे । उनका अनुसार नेता वा प्रधानमन्त्री बन्नु मात्र ठूलो कुरा होइन, देशलाई कस्तो नेतृत्व दिइन्छ भन्ने मुख्य कुरा हो ।

advertisement

लामिछानेले आफू प्रधानमन्त्री वा मन्त्री बन्न हिँडेको भन्ने बुझाइ गलत भएको स्पष्ट पार्दै पार्टीको उद्देश्य सत्ता मात्र नभई प्रणाली सुधार र जिम्मेवार राजनीतिक अभ्यास रहेको बताए ।

उनले पार्टीका सांसदहरू नयाँ भए पनि सिक्ने र सिकाउने प्रक्रिया निरन्तर रहने बताउँदै अहिलेको विश्व राजनीतिमा नयाँ सोच र दृष्टिकोण आवश्यक भएको धारणा राखे । साथै, उनले आफूहरूको उदयलाई समाजमा भइरहेको “निरन्तर विद्रोह” को हिस्सा भनेर व्याख्या गरे ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com