एजेन्सी । इरान ले युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिका को प्रस्तावमा औपचारिक जवाफ पठाएको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थतामार्फत उक्त जवाफ पठाइएको हो।
अमेरिकाको १४ बुँदे प्रस्ताव इरानको आणविक कार्यक्रम रोक्ने, प्रतिबन्ध हटाउने तथा स्ट्रेट अफ होर्मुज मा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।
गत फेब्रुअरीदेखि सुरु भएको युद्ध अहिले युद्धविराममा भए पनि क्षेत्रीय तनाव भने कायम छ। इरानले स्ट्रेट अफ होर्मुजमा अवरोध जारी राख्दा विश्व बजारमा इन्धन मूल्य प्रभावित भएको छ।
मसूद पेजेस्कियान ले राष्ट्रिय हितमा सम्झौता नगर्ने बताएका छन् भने डोनाल्ड ट्रम्प ले युद्ध चाँडै अन्त्य हुने दाबी गरेका छन्।
यसबीच कतार, कुवेत र संयुक्त अरब इमिरेट्स मा सुरक्षा सतर्कता बढाइएको छ भने समुद्री सुरक्षाबारे ४० भन्दा बढी राष्ट्रका रक्षा मन्त्रीहरूको बैठक बस्ने भएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया