काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मध्यम वर्गीय परिवारमाथिको आर्थिक दबाब घटाउने लक्ष्य अघि सारेको छ।

संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेल मार्फत प्रस्तुत नीति तथा कार्यक्रममा कर प्रणालीको पुनरावलोकन गरी उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने उल्लेख गरिएको छ।

advertisement

सरकारले आर्थिक कारोबारलाई पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगदरहित र पारदर्शी प्रणाली लागू गर्ने योजना पनि अघि सारेको छ।

नीति अनुसार कर संरचना सुधार र डिजिटल अर्थतन्त्र विस्तारलाई आर्थिक सुधारको मुख्य आधारका रूपमा लिइनेछ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com