काठमाडौं । काठमाडौंको जडिबुटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वर जडिबुटीस्थित सडकमा बा.प्र.०२-०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

advertisement

मृत्यु हुनेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ घर भएका ४३ वर्षीय भुवन गुरूङ रहेका प्रहरीले जानकारी दिएको छ ।

सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com