चितवन। युवा शक्ति संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिको आधार निर्माण गर्ने उद्देश्यसहित मिराज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल विस्तार अभियान तीव्र रूपमा अघि बढाइएको छ।

युवा केन्द्रित यस राजनीतिक अभियानमार्फत देशभरका युवालाई एकीकृत गर्दै जनताका समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्य राखिएको अभियन्ता ढुंगानाले जानकारी दिए।

advertisement

अभियानका अनुसार अहिलेको अवस्थामा युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरी देश निर्माणमा केन्द्रित गर्नु नै मुख्य आवश्यकता हो।

यही उद्देश्यअनुसार विभिन्न जिल्लामा संगठन विस्तार, संरचना निर्माण तथा जिम्मेवारी बाँडफाँडको कार्य निरन्तर भइरहेको छ।

यसै क्रममा चितवन जिल्लामा अभियान विस्तार गर्दै स्थानीय संरचना औपचारिक रूपमा घोषणा गरिएको छ।

चितवनमा अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन बिशु गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ भने बिकल घताने र यान्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

अभियानकर्ताहरूका अनुसार यो युवा सञ्जालले देशभरका युवालाई एक ठाउँमा ल्याएर उनीहरूको आवाज, सोच र सहभागितालाई नीति निर्माणसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक दृष्टिकोणलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले देशभर नयाँ राजनीतिक बहस र युवामाझ नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com