काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल अघि बढ्ने क्रममा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक बहिष्कार गरेका छन्।
नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह आफैं उपस्थित नभएको भन्दै साम्पाङले आपत्ति जनाएका थिए।
प्रधानमन्त्रीको तर्फबाट स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएपछि उनले कडा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।
सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्ने समय उपलब्ध गराएपछि हर्क साम्पाङ बैठक कक्षबाट उठेर बाहिरिएका हुन्।
उनको बहिष्कारपछि केहीबेर संसद् बैठकमा असहज स्थिति समेत सिर्जना भएको थियो।
साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय मर्यादाविपरीत भन्दै तत्काल स्पष्टिकरण दिनुपर्ने माग समेत गरेका छन्।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया