काठमाडौं । एकहप्ता अगाडि बेपता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको आज शव गाडिएको अवस्थामा फेला परेको छ।

सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गत सातादेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिका–५ स्थित कोशी नदी किनारमा सडेको अवस्थामा फेला परेको हो। मृतकको शव हातखुट्टा र घाँटीमा डोरीले ढुङ्गा बाँधेर पानीमा डुबाएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए।

advertisement

यही वैशाख २४ गते राति छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी अनिता देवीलाई पाँच/छ जनाको समूहले घरबाटै जबर्जस्ती अपहरण गरी लगेको स्थानीयवासीको भनाइ छ।

परिवारका सदस्यहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। खोजतलासका क्रममा उनको शव क्षत्विक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com