काठमाडौं ।  नेपाली कांग्रेसका सचेतक निश्कल राई ले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक राईले प्रधानमन्त्री शाह प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको बताए ।

‘प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नु भएको छ छैन,’ सांसद राईले भने, ‘प्रधानमन्त्री भए अनुपस्थित भए विरोध जारी रहन्छ ।’

advertisement

संसद् मन लागे आउने मन नलागे नआउने चिया चौतारी नभएको उनले बताए ।  कार्यकारी प्रमुखले सदन जस्तो संस्थालाई बंक गर्नु दुःखलाग्दो कुरा भएको बताए ।

देशभित्र रहनु भएको र संसद् भवनबाट १०० मिटरको दूरीको कार्यक्रम नआउनुलाई के भन्ने भन्ने प्रश्न राईको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com