काठमाडौं। प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थान मा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

advertisement

दुर्घटनापछि भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी सहायक निरीक्षक रोशन पुनका अनुसार मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com