काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्धित पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ ।
यस प्रकरणमा आगामी सोमबार विस्तृत छलफल हुने तय भएको छ । देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
मंगलबार भएको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै छलफलका लागि पेश गर्न आदेश दिएको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया