सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो ।

advertisement

लौगीको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । खेतीको समयमा सप्तरीसहित मधेस प्रदेशमा बिद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा कतिपय किसानको ज्यान जाने गरेको छ । यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन् ।

  • रासस

 

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com