काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतले सोमबार अनुसन्धानका लागि दुवैको म्याद थप गरेको हो। अदालतको आदेशअनुसार भट्टको हकमा आठौँ पटक तथा अग्रवालको हकमा नवौँ पटक तीन–तीन दिनको म्याद थपिएको छ।

advertisement

न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धान अपूरो रहेको भन्दै हिरासत अवधि थप्न अनुमति दिएको हो।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com