काठमाडौं । मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्रीको नियुक्तिसँगै सरकारको वरीयताक्रममा हेरफेर गरिएको छ।

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त भएपछि मन्त्रिपरिषद्का सदस्यहरूको नयाँ वरीयताक्रम निर्धारण गरिएको हो।

advertisement

नयाँ व्यवस्था अनुसार गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता प्रदान गरिएको छ। उनी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठपछि रहनेछन्।

त्यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुनलाई आठौँ वरीयतामा राखिएको छ। उनी मन्त्री सोविता गौतमपछि रहने गरी वरीयता निर्धारण गरिएको छ।

दुई मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद्को संरचना तथा जिम्मेवारी वितरणमा समेत आवश्यक समायोजन गरिएको सरकारी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com